FAQs Complain Problems

समाचार

FAQ

गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुन्?

गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  I

खार्पूनाथ गाउँपालिकाको कूल जनसंख्या कति होला ?

खार्पूनाथ गाउँपालिकाको कूल जनसंख्या ६०११ छ |

खार्पूनाथ गाउँपालिका लाई कसरि सम्पर्क गर्ने ?

१. खार्पूनाथ गाउँपालिकाको website मा गई सम्पर्क गर्न सकिने छ I

२. खार्पूनाथ गाउँपालिकाको E-mail वाट पनि सम्पर्क गर्न सकिने छ I

३. खार्पूनाथ गाउँपालिकाको सामाजिक संजाल को मध्यम द्वारा पनि सम्पर्क अ सकिने छ I

खार्पूनाथ गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने?

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I

गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो?

१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने I

खार्पूनाथ गाउँपालिका कुन ठाउँमा पर्छ ?

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तरी भेग मा सिमकोट , चंखेली , बाजुरा र सर्केगाड गाउँपालिकाको बिचमा  खार्पूनाथ गाउँपालिका अवस्थित छ l

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |